समाचार

दोस्रो चरणको चुनावमा पनि बहुमत ल्याउने ओलीको दाबी

काठमाडौ, ४ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा पनि आफ्नो पार्टीले बहुमत ल्याउने दावी गर्नु भएको छ ।

अध्यक्ष ओलीले प्रदेश नम्बर २ मा पनि आफनो पार्टी कमजोर नभएको दावी गर्नु भयो । राष्ट्रिय जनता पार्टीकी कोषाध्यक्ष अनिता यादवलगायतका नेता, कार्यकर्तालाई आइतबार काठमाडौंमा पार्टी प्रवेश गराउँदै उहाँले एमाले कमजोर छ भन्ने हल्ला असोज २ गतेको चुनावी हुरीले बढारेर लैजाने उल्लेख गर्नु भयो ।

अध्यक्ष ओलीले ७० सालको चुनावको परिणामको आधारमा मात्रै एमाले प्रमुख प्रतिपक्ष रहेको पनि स्पष्ट पार्नु भयो । उहाँले स्थानीय तहको पहिलो चरणको निर्वाचनमै एमाले सत्तासिन भईसकेको पनि स्मरण गराउनु भयो ।

अध्यक्ष ओलीले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन आफनो पार्टी केन्द्रित भएको पनि बताउनु भयो । उहाँले संक्रमणलाई टुंगोमा पु¥याउने वित्तिकै मुलुक समृद्धिको दिशामा अघि बढ्ने पनि उल्लेख गर्नु भयो ।

अध्यक्ष ओलीले आफनो पार्टी नेतृत्वको सरकारले समृद्धिका लागि आवश्यक नीति तथा कार्यक्रम तय गरेकाले जुनसुकै पार्टीको सरकार आएपनि त्यसैलाई अघि बढाएर लैजान बाध्य हुने दावी पनि गर्नु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट