समाचार

दोस्रो चरणको चुनावी तयारी पुरा–निर्वाचन आयोग

काठमाडौ, १४ मंसीर । निर्वाचन आयोगले आगामी मंसीर २१ गते दोस्रो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउनु भएको हो ।

विहिबार काठमाडौंमा आयोजित निर्वाचन र सामाजिक संजाल विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उहाँले निर्वाचनमा आम मतदाताले आफ्नोे प्रतिनिधि आफै छान्न पाउने वातावरण बनाउन आफूहरु लागि परेको पनि स्पष्ट पार्नु भयो । निर्वाचन आयोगले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवाला निकायसँगको छलफललाई निरन्तर अघि बढाईरहेको पनि जनाएको छ ।

आयोगका प्रवक्ता ढकालले निर्वाचनलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सक्दो प्रयास भईरहेको बताउनु भयो । उहाँले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न समाजका सबै क्षेत्रको उत्तिकै सहयोगको आवश्यक्तामा पनि जोड दिनु भयो । प्रवक्ता ढकालले निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नु आयोगका लागि मुख्य चुनौति भएको पनि स्मरण गराउनु भयो ।

आगामी मंसीर २१ गते दोस्रो चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन गत आईतबार सम्पन्न भईसकेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट