समाचार

दोस्रो चरणमा पनि एमाले अघिअघि कांग्रेस पछिपछि

काठमाडौं, १९ असार । काठमाडौं, १९ असार । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये झण्डै एक सय स्थानको मत परिणाम सार्वजनिक बाँकी रहँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

अधिकांश गाउँपालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ भने महानगरपालिका, उपमहानगरपालिका र केही नगरपालिकाको मत गणना सार्वजनिक हुन बाँकी रहेको छ । पछिल्लो मत परिणाम अनुसार अनुसार नेकपा एमाले अग्रस्थानमा छ ।

हालसम्म एमाले १ सय २ स्थानीय तहमा विजयी भएको छ । एमालेलाई सुरुदेखि नै पछ्याईरहेको नेपाली कांग्रेसले ९२ स्थानीय तहमा जित हासिल गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४ नगरपालिका सहित ३१ स्थानीय तह जितेको छ । चौथो स्थानमा संघीय समाजवादी फोरमले तीन र राष्ट्रिय जनमोर्चाले दुई स्थानीय तह जितेका छन् भने फोरम लोकतान्त्रिकले एक स्थानीय तह जितेको छ ।

अहिलेसम्म प्रदेश नम्बर १ का तेह्रथुम, धनकुटा, संखुवासभाको मतगणना सम्पन्न भएको छ । त्यस्तै प्रदेश नम्बर ५ का रोल्पा र रुकुमको मतगणना सकिएको छ भने प्रदेश नम्बर ७ का डोटी, बझाङ, डडेलधुरा, बैतडी, बाजुरा र दार्चुला गरी सबै स्थानीय तहको गणना सकिएको छ । यस पटकको चुनावमा एमालेले धनकुटा र माओवादीले रुकुमका सबै स्थानीय तह जितेर क्लिन स्वीप गरेका छन् ।

मतगणना जारी रहंदा एक महानगर र सात उपमहानगरमध्ये एमालेले ५ उपमहानगरमा अग्रता लिएको छ । कांग्रेसले एक महानगर र एक उपमहानगरमा अग्रता कायम गरेको छ भने राप्रपाले एक उपमहानगरमा अग्रता लिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट