समाचार

धनगढी प्रिमियर लिगको उपाधि टिम चौराहालाई

धनगढी । टिम चौराहा धनगढीले डीपीएलको दाेस्रेापटक उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि रक्षा गरेको हो ।

उसले उपाधिसँगै २५ लाख रुपैयाँ हात पारेको छ । धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । १२१ रन बनाउँदा चौथो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछि काठमाडौं दबावमा परेको थियो । काठमाडौंका अमित श्रेष्ठले ५८ रन, कप्तान ज्ञानेन्द्र मल्लले ३० र नरेश बुढाएरले १९ रन बनाए । त्यस्तै पुष्प थापाले १५, रसिद खान २ रनमै अाउट हुँदा  भुपेन्द्र थापाले खाता नै खोल्न सकेनन् ।

टिम चौराहा धनगढीका ललित भण्डारीले तीन, रोहन मुस्तफाले दुई, समसद शेख र योगेन्द्र सिंह कार्कीले एक/एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको धनगढी टिम चौराहले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।

१२ रन जोड्दा पहिलो विकेट गुमाएको टिम चौराहको पारी सुनिल धमला र रोहन मुस्तफाले सम्हालेका थिए । दोस्रो विकेटका लागि १४२ रनको साझेदारी गरेका धमलाले ७८ रन र रोहन मुस्तफाले ६० रन बनाए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. https://youtu.be/to2ACWz-pF4 says:

    Major thankies for the article.Really thank you! Much obliged.

    https://youtu.be/to2ACWz-pF4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट