समाचार

धावनमार्गबाट मलेसियाको जहाज हटाइँदै

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार राति उडानका क्रममा धावनमार्गबाट चिपलिएर घाँसे मैदानमा पुगेको मलेसियाको मालिन्दो जहाज हटाउन अझै ३ घण्टा लाग्ने भएको छ । हाल जहाज हटाउने प्रयास जारी रहेको छ ।

धावनमार्गबाट विमान हटाउन करीब तीन घण्टा लाग्ने र त्यसपछि मात्रै विमानको उडान र अवतरण सुचारु हुने विमानस्स्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् ।

काठमाडौँबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

उड्नका लागि धावनमार्गतर्फ गुडिरहेको जहाजको टायरमा समस्या आएपछि चिपलिएर घाँसे मैदानमा पुगी भासिएको हो । जहाज चिप्लिएर घाँसै मैदानतर्फ पुगे पनि ठुलो दुर्घटनाबाट भने बच्यो

२० अर्थात उत्तरी क्षेत्रबाट राति ९ बजेर ४५ मिनेटमा उड्ने तयारीमा रहेको रनवेमा कोटेश्वरतर्फको ०२ अर्थात दक्षिणी क्षेत्रतर्फ गइरहेको थियो । मोडिएर उत्तरतर्फ लाग्ने बेलामा अगाडिको टायरमा समस्या आएपछि जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. emp3z says:

    You have mentioned very interesting points! ps nice site.

    http://www.emp3z.co.uk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट