समाचार

नयाँवर्षका अवसरमा प्रधानमन्त्रीले गरे रारातालबाट सम्बोधन

मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

मुगुको रारातालबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लगानीको संरक्षण गर्न सरकार सजग रहेको भन्दै विकासको बाटोमा साथ दिन आग्रह गर्नुभएको हो । उहाँले सुखी नेपाल र समृद्ध नेपाली सरकारको प्राथमिकता रहेको भन्दै लगानीकर्ताका लागि पहिलेजस्तो प्रशासनिक र कानूनी झण्झट नहुने दाबी गर्नुभयो ।

जनताको मौलीक अधिकारलाई स्थापीत गर्नका लागी सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बिमा गराईनुका साथै जेष्ठ नागरिक बालबालीका र गरिबिको रेखा मुनी रहेका जनतालाई निशुल्क स्वास्थ्य उपचार सेवा प्रबाह गरीने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अब कुनै पनि बालबालीका बिद्यालयको पहुँच भन्दा बाहीर नहुने उल्लेख गर्दै आर्थिक अभाबकै कारण बिचैमा पढाई छाडनुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो ।

उहाँले नेपालका हरेक पर्यटकीय गन्तब्यको प्रचार प्रसार गरी मुलुकको आर्थिक बिकास र सम्बृद्धी संग आबद्ध गर्दै विकासको लक्ष्य हासिल गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । पछिल्ला दिनहरुमा महिला माथी हिंसाहरु बढदै गएको बताउँदै ओलीले अब कुनै पनि महिला माथी हिंसा नहुने बाताबरण बनाईने आश्वासन दिनुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. https://www.stumbleupon.com/su/2ZjKP7 says:

    Thanks-a-mundo for the blog article.Much thanks again.

    https://www.stumbleupon.com/su/2ZjKP7

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट