समाचार

नयाँ सरकार गठनको आन्तरिक गृहकार्य

काठमाडौं, २७ मंसिर । प्रत्यक्षतर्फ दुईतिहाई बहुमतमा आएको बाम गठबन्धनले पुस महिनाभित्रै नया सरकार गठन गर्ने आन्तरिक गृहकार्य थालेको छ । समानुपातीक तर्फको अन्तिम मत परिणाम आएलगत्तै सरकार गठनको औपचारीक प्रक्रियामा वाम गठबन्धन दलहरु जुट्ने भएका छन् ।
प्रत्यक्षतर्फको पुरा परिणाम संगै समानुपातिक तर्फको अन्तिम नतिजापछि गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्रले आन्तरिक समिक्षापछि नयां सरकारका प्राथमिकता निर्धारण गर्ने नेताहरुको भनाइ छ । त्यसपछि संविधानअनुसार संसदको बैठक बसेसंगै प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु हुने छ । सो प्रक्रिया पुस महिनाभित्रै टुंग्गीने एमाले वरिष्ठ नेता झलनाथ खनालको दावी छ ।
सरकार गठन हुंदा दुबै पार्टीका शीर्ष नेताको जिम्मेवारी व्यवस्थापन सबैभन्दा जटिल बन्ने देखिन्छ । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली लगभग निश्चित भएपनि पार्टी सञ्चालन, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहित प्रदेश मुख्यमन्त्रीको भागबण्डा मिलाउनु बाम गठबन्धनको मुख्य चुनौति बन्ने छ । तर नेताहरु भने छलफल गरी सबै नेताको उचित व्यवस्थापन गरिने र यसमा कुनै समस्या नआउने विश्वासमा छन् ।
सक्रमणकालीन राजनीतिको अन्त्य गर्ने र राजनीतिक स्थायीत्वका लागि स्थिर सरकार दिने प्रतिबद्धता सहित चुनावमा होमिएका दुई प्रमुख वाम घटकले चुनावी परिणाम लगत्तै नयाँ सरकार गठनको आन्तरिक वहश चलाएपनि विपक्षी गठबन्धनसँगको राजनीतिक व्यवहार बारे दलहरु अन्यौल मै छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट