समाचार

नाइजेरियाको मस्जिदमा आक्रमण, २७ मारिए

नाइजेरिया, १९ बैशाख । नाइजेरियाको एक मस्जिदमा भएको बम आक्रमणमा  २७ जनाको ज्यान गएको छ । घटनामा अरु धेरै घाइते भएका छन् ।नाइजेरियाको उत्तर पूर्वी शहर मुबीमा रहेको मस्जिदमा आत्मघाती बम आक्रमण भएको हो ।

दिउँसोको नमाज प्राथनका लागि मानिस जम्मा भएका बेला मस्जिदको भित्र तथा बाहिर विस्फोट भएको हो । एडामावा राज्यको प्रहरीले आक्रमणमा इस्लामिक बिद्रोही समूह बोको हरामको संलग्नता रहेको आशंका गरेको छ ।

तर अहिलेसम्म उसले त्यसको जिम्मेवारी लिएको छैन । बोको हरामले नाइजेरियाको उत्तरी क्षेत्रमा इस्लामिक राज्यको माग गर्दै हिंसात्मक गतिविधि गर्दै आएको छ । हिंसाका कारण अहिलेसम्म २० हजारको हाराहारीमा मानिसको ज्यान गएको छ भने २० लाख भन्दा बढी मानिस विस्थापित भएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट