समाचार

नाटे नामक आधीमा ज्यान गुमाउनेको सङ्ख्या २२ पुग्यो

अमेरिका,२० असोज । मध्य अमेरिकामा आएको नाटे नामक आ“धीका कारण ज्यान गुमाउनेको सङ्ख्या २२ पुगेको छ ।

६४ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको आ“धीका कारण अरु हजारौ मानिसहरु प्रभावित भएका छन् । मध्य अमेरिकी मुलुकहरु होण्डुरस, कोस्टारिका, निकारागुवा र एल साल्भाडोरमा अरु सैयौ मानिसहरु हराइरहेको अधिकारीले जनाएका छन् ।

ज्यान गुमाउनेमा निकारागुवाका मात्रै ११ जना रहेका छन् । आ“धीका कारण मध्य अमेरिकी मुलुकहरुका नदीमा ठूलो बाढी आएको जनाइएको छ ।

बजार, कल कारखाना, विद्यालय बन्द गरिएको छ । अमेरिका तर्प बढिरहेको नाटे आ“धीले आगामी आइतबार अमेरिकाको मेक्सिको खाडीको तटमा रहेका क्षेत्रहरुमा भरी वर्षा गराउने अनुमान गरिएको ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट