समाचार

निजी क्षेत्रको विकासका लागी आवश्यक वातावरण वनाउने मुख्यमन्त्रीहरुको प्रतिवद्धता

काठमाडौं । मुख्यमन्त्रीहरुले निजी क्षेत्रको विकासका लागि आवश्यक वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले निजी क्षेत्रको विकासका लागि आवश्यक वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

काठमाडौंमा बुधवार भएको कार्यक्रममा तीनै जना मुख्यमन्त्रीहरुले नयाँ नेपाल निर्माणका लागि निजी क्षेत्रका व्यवसायीहरुले नयाँ सोचका साथ अघि बढनुपर्नेमा पनि जोड दिनु भयो ।

प्रदेश १ का मुख्यमन्त्री राईले नयाँ नेपाल निर्माण अभियानमा जुट्न निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजी क्षेत्रको विकासका लागि आवश्यक वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले विगतमा नीति र नियत ठिक नभएका कारण मुलुक पछि परेको उल्लेख गर्दै अव त्यसो हुन नदिने दावी गर्नु भयो ।

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयताको मर्म अनुसार अघि बढन निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।

निजी क्षेत्रमार्फत् समृद्धि ल्याउने आशा र भरोसा पूरा गर्न व्यवसायीहरु सक्षम हुने मुख्यमन्त्रीहरुको भनाई थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट