समाचार

निर्माण व्यवसायी महासंघका अध्यक्षमाथि गोली प्रहार

काठमाडौं, २३ असाेज । नयाँबानेश्वरको शान्तिनगर क्षेत्र नजिक रहेको खरिबोटमा गोली चलेको छ ।

अज्ञात समूहले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि लक्षित गर्दै गोली प्रहार गरेको प्रहरीले जनाएको छ । आक्रमणकारी मोटरसाइकलमा चढेर आएको बताइएको छ ।

गोली लागि घाइते भएका गौचनलाई काठमाडौको सिभिल अस्पताल लगिएको बताइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट