समाचार

निर्वाचन आयोगले आचारसंहिता पालना गर्न दलहरुलाई ध्यानाकर्षण गरायो

काठमाडौ, २७ बैशाख । चुनावको मिति नजिकिदै गर्दा दलका कार्यकर्ताहरु बीच झडप भई मृत्यु समेत भएपछि निर्वाचन आयोगले प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि बोलायो ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता सुवास नेम्वाङ, नया शक्तिका संयोजक वावुराम भट्टराई लगायतका नेता सहभागी भए ।

बैठकमा आचारसंहिता उल्लघंन नगर्ने र देशका बिभिन्न ठाउमा भएका झडपका क्रममा दोषी रहेकालाई कारवाही गर्ने प्रतिवद्धता सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्त गर्नु भयो ।

आयोगले दोलखा लगायतका जिल्लामा कार्यकर्ताहरुबीच झडप भएपछि दलहरुको ध्यानाकर्षण गराउन बैठक बोलाएको बताएको छ । जनताको उत्साहपु्र्ण सहभागितामा हुन लागेको चुनावमा आचारसंहिता पालना गर्ने प्रतिवद्धता दलका नेताहरुले व्यक्त गरेको आयोगले बताएको छ ।

आयोगले बिहीबारदेखि मौन अवधी शुरु हुने र त्यो समयमा चुनावी प्रचारप्रसार नगर्न दलहरुलाई समेत सचेत गराएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट