समाचार

निर्वाचन आयोगले भन्यो– सुरक्षा चुनौती बढ्यो

काभ्रे, २८ कार्तिक । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले सुरक्षा चुनौताी बढ्दै गएको बताउनु भएको छ ।

काभ्रेको धुलिखेलमा दृष्टिविहीन नागरिकसंग भएको अन्तक्रियामा आयुक्त यादवले सुरक्षाको चुनौती उम्मेद्वार मात्र नभई मतदातामा समेत सुरक्षा चुनौती बढेको बताउनु भयो । उहाँले सुरक्षा निकायसंग बाहेक स्वयं मतदाता पनि सुरक्षित र सचेत रहनु पर्ने बेला आएको बताउनु भयो ।

उहाँले राष्ट्रसेवक कर्मचारीले पार्टिको झण्डा र प्रचारमा हिंड्नु लज्जास्पद भएको डाक्टर यादवले जिकिर गर्नु भयो । शिक्षक र निजामती कर्मचारीहरु दलैपिच्छे झोला बोक्ने भन्दै प्रश्न गर्नु भयो । अन्तरक्रियामा ६९ जिल्लाका ८२ जना दृष्टिविहिनहरु सहभागि भएका छन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट