समाचार

मतदाता नामावली संकलन गर्ने मिति र स्थान पुनर्विचार गर्ने अवस्था नरहेको प्रतिक्रिया

काठमाडांै,२ साउन । निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने आफ्नो निर्णयमा पुनर्विचार गर्न नसकिने अडान लिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदाता नामावली संकलन गर्ने मिति र स्थान पुनर्विचार गर्ने अवस्था नरहेको प्रतिक्रिया दिनु भएको हो । उहाँले साउन १५ गते भित्र सबै जिल्ला सदरमुकामबाट मतदाता नामावली संकलनको काम सम्पन्न गर्ने आयोगको निर्णय यथावत रहेको स्पष्ट पार्नु भयो । श्रावण १ गतेदेखि १५ गतेसम्म जिल्ला सदरमुकामबाट मतदाता नामावली संकलनको काम गर्ने निर्णय पुनर्विचार गर्न राजनीतिक दलहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै आएका छन ।

आयोगका प्रमुख निर्वाचन आयुक्त यादवले आयोग आफ्नो निर्णय अनुसार अघि बढ्ने बताउनु भयो । उहाँले श्रावण १५ गते भित्र पनि मतदाता नामावली संकलनको काम नसकिए परिस्थितिलाई हेरेर निर्णय लिन भने आयोग तयार रहेको पनि बताउनु भयो । राजनीतिक दलहरुले आयोगलाई स्थानीय तहबाटै मतदाता नामावली संकलनको काम गराउन पनि आग्रह गर्दैै आएका छन ।

राजनीतिक दलहरुले मतदाता नामावली संकलनका लागि १५ दिनको समय कम हुने धारणा राख्दै आएका छन । उनीहरुले जनतालाई सास्ती हुने भएकाले स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न उपयुक्त हुने सुझाव पनि दिएका छन । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको कामलाई अघि बढाउने गरी मतदाता नामावली संकलनको काम सुरु गर्न लागेको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट