समाचार

एमाले अध्यक्ष ओलीेको घरको गेटमा बम विष्फोट

शिशिर चम्लागाई÷झापा,९ मसिर । झापाको दमक–५ स्थित नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधनमन्त्री केपी शर्मा ओलीको घरको गेटमा आज बिहान बम विष्फोट भएको छ ।

विष्फोटबाट ओली निवासको पूर्वी गेटमा सामान्य क्षति भएको छ । बिहान ४ बजेतिर अचानक ठूलो आवाजका साथ विस्फोट भएकाले झण्डै दुई किलोमिटर टाढासम्म आवाज सुनिएको थियो । त्यही स्थानमा राखिएको अर्काे बम भने सेनाको २१ नंम्वर बाहिनिवाट गएको बम डिस्पोजल टोलीले बिहान सुरक्षित रुपमा डिस्पोज गराएको छ । ओली निवासमा दमक नगरका मेयर रोमनाथ ओलीको परिवार बस्दै आएको छ ।

अहिले त्यस क्षेत्रमा सुरक्षा शतर्कता बढाइएको छ । ओली आसन्न प्रतिनिधिसभा सदस्य चुनावका लागि झापा क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहनुभएको छ । त्यस्तै, नेपाली काँग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार उद्धव थापाको घरमा पनि गएराति १२ बजेर २० मिनेट जाँदा बम विष्फोट भएको छ । विष्फोटनबाट अर्जुनधारा–७ स्थित थापाको घरमा पार्किङ गरी राखिएको बा ७ च ६८९५ नं को बोलेरो जिपमा क्षति भएको प्रहरीले जनाएको छ । निर्वाचनको मुखमा यस्तो घटना हुनु दुर्भाग्यपूर्ण भएको उम्मेद्वार थापाले बताउनुभएको छ ।

सरकारले निर्वाचन सुरक्षा व्यवस्था कडा बनाएको जनाएपनि विष्फोट र उम्मेद्वारमाथि आक्रमण भइरहंदा त्रास बढेको छ । विष्फोट बारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झपाले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट