समाचार

नेतृत्व नभएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले भने– अब जिम्मेवारी लिन्छु

काठमाडौ, ४ कार्तिक । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताउनुभएको छ ।

शनिबार भाईटिका ग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै पूर्व राजा शाहले मुलुक नेतृत्वविहीन भएको महसुस आफुले गरिरेको भन्दै जनताको इच्छा अनुसार नेतृत्व लिन आफु तयार रहेको बताउनुभएको हो ।

एउटा जिम्मेवार नागरिकको हैसियतले मुलुकको चिन्ता र चासो हुनु स्वभाविक भएको भन्दै उहाले आफुले नेतृत्व लिने समय आएको पनि दाबी गर्नुभयो । नेतृत्वले जनताको इच्छा र आकाक्षा पुरा गर्न नसकेकाले आफु सक्रिय हुनु परेको पनि उहाले स्पष्ट पार्नुभयो ।

मुलुकको पछिल्लो परिस्थितिले आफ्नो नेतृत्व मागेको दाबी गर्दै पूर्व राजा शाहले यसलाई आफु सक्रिय भएको भन्ने ढंगले नबुझ्न पनि आग्रह गर्नुभयो ।

पूर्व राजा शाहले मुलुक र मुलुकबासीको हक हितका लागि जिम्मेवार बन्न समेत सबैलाई आग्रह गर्नुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट