समाचार

नेपालीले मात्रै होइन, विदेशीले समेत मनाए होली

काठमाडौ, २९ फागुन । विभिन्न देशबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरु पनि होलीको उमङ्गमा रमे । खासगरी काठमाडौंको ठमेल, न्यूरोड, वसन्तपुर, पाटन र भक्तपुर दरवार स्वायरलगायतका स्थानमा विदेशी पर्यटकहरुले पनि आपसमा रंग र पानी छ्यापाछ्याप गरेर होली मनाए । होली खेल्न पाउदा निकै खुसी भएको पर्यटकको प्रतिक्रिया थियो ।
अझ कतिपय पर्यटकले त होली खेल्न भनेर नै होलीको समयमा नेपाल आएको बताए ।
नेपालको भ्रमण गरिसकेका र पहिलो पटक नेपाल आएका विदेशी पनि होलिको रमझममा त्यत्तिकै खुसि देखिन्थे । पर्यटकहरुले उल्लसपूर्वक नेपालको मौलिक साँस्कृतिक पर्व होलीको मजा लिए ।
पर्यटकसँग होली खेल्न पाउँदा नेपाली सर्वसधारण पनि निकै रमाइरहेका देखिन्थे । पर्यटकहरु रंगसँग रमाउँदै नेपाली मौलिक सांगीतिक प्रस्तुतिमा झुमेका थिए ।
आपसी, सद्भाव, भातृत्व, हार्दिकता र आत्मीयता बाँड्ने होलीका कारण राजधानीका सडक, चोक र गल्लीहरु नै रंगीन बने । काठमाडौंसँगै पोखरालगायतका पर्यटकीय गन्तव्यहरुमा पनि पर्यटकहरुले हर्षोल्लासपूर्व होली पर्व मनाए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट