समाचार

नेपाल र केन्याबीचको खेल जारी, नेपालको ७ विकेट गयो

काडमाढौ, २८ फागुन । आइसीसी विश्व च्यापियनसिपअन्तर्गत नेपाल र केन्याबीचको खेल किर्तिपुरस्थित क्रिकेट मैदानमा अहिले जारी छ ।

वर्षाका कारण केही समय ढिल शुरु भएको क्रिकेटको २७ ओभरको खेल सकिदासम्म नेपालले ६ विकेट गुमाएर ७१ रन बनाएको छ ।

२७ ओभरको खेल सकिदासम्म नेपालका सागर पुन, ज्ञानेन्द्र मल्ल, सरद भेषवाकर, विनोद भण्डारी, दिपेन्द्रसिहं ऐरी र मेहवुव आलम आउट भएका छन् ।
नेपाली क्रिकेट टोलीका कप्तान स्वास्थ्य समस्याका कारण आज मैदानमा छैनन् । नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गरिरहेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट