समाचार

नेपाल र केन्याबीचको खेल शुरु, नेपालले व्याटिङ गर्दै

काठमाडौ, २८ फागुन । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल–केन्याबीच खेल शुरु भएको छ । बिहान साढे ९ बजे शुरु हुने भनिएको खेल बर्षाका कारण खेल केही समय ढिला भएको हो ।

स्वास्थ्यका कारण आजको खेलमा कप्तान पारस खड्का नखेल्ने भएपछि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्न लाग्नु भएको छ ।
केन्याले टस जितेको छ र नेपाललाई ब्याटिङको निम्ता दिएको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपालको बलियो प्रतिद्वन्द्वी केन्याबीचको खेल पानीले प्रभावित गरेपछि खेल शुरु हुन ढिला भएको हो ।
खेल हेर्न उल्लेख्य संख्यामा उपस्थित भएका छन् ।

विश्वकप छनोटको अर्को चरणमा प्रवेशका लागि दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट