समाचार

नेपाल र केन्याबीचको दोस्रो खेल जारी, नेपालले २ विकेट लियो

काठमाडौ, ३० फागुन । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज नेपालले केन्याविरुद्ध दोस्रो खेल शुरु भएको छ ।
शनिबार भएको पहिलो खेल डकवर्थ लेविस नियमका आधारमा केन्यासँग ५ विकेटले पराजित नेपालले सोमबार दोस्रो खेल खेल्न लागेको हो ।
टस जितेर पहिले बलिङ शुरु गरेको नेपालले १७ ओभरको खेल सकिदासम्म २ विकेट हात पारेको छ । खेलका चौथो ओवरमा नेपालका लागि मेहबुब आलमले आफ्नो बलिङमा दुई विकेट लिए । आलमको पहिलो शिकार एलेक्स ओवान्डा एलबीडब्लुमा परे भने दोस्रो शिकार धीरेन गोन्डारिया बोल्ड भए । केन्याले अहिले ४२ रन बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा नेपाल र केन्याबीचको दोस्रो खेल खेल्दैछ । बर्षाले पटक पटक प्रभावित पहिलो खेल गुमाएसगै नेपालको च्याम्पियनसिपमा शीर्ष चारको सम्भावना निकै कमजोर बनेको छ । पहिलो खेल गुमाएसगै नेपालको शीर्ष डिभिजनमा कायम रहने र सन् २०१८ को एकदिवसीय विश्वकप क्वालिफायरमा छनौट हुने सम्भावना पनि कम भएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट