समाचार

नेवारी समुदायको नयां वर्ष नेपाल संवत ११३८ आजबाट सुरु

काठमाडौ, ३ कात्तिक नेवारी समुदायको नयां वर्ष नेपाल संवत ११३८ आजबाट सुरु भएको छ ।

नेवारी समुदायले आजको दिनलाई नयां वर्षको रुपमा मनाउने गरेका छन । यसै अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा गरिवीको अन्त्य गर्दै लोककल्याणकारी राज्य स्थापना गर्ने दिनको रुपमा आफूले नेपाल संवतलाई लिएको बताउनु भयो । उहाँले राष्ट्रिय विभूति शंखाधर साख्वाले गरिव जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गरेकै कारण आज पनि नागरिकस्तरबाट यस दिनलाई विशेष दिनको रुपमा लिने गरेको पनि स्मरण गर्नु भयो । प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूति शंखाधर साख्वाले नागरिक स्वतन्त्र र स्वाभिमानका लागि नेपाल संवतको सुरुवात गरेको उल्लेख गर्दै मुलुकलाई लोककल्याणकारी बाटोमा अघि बढाउन सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

नेपाल संवतको अवसरमा आज नेवारी समुदायले विभिन्न कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान गरिरहेका छन । राष्ट्रिय विभूति शंखाधर साख्वाले विक्रम संवत ९३७ मा गरिव जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराउनु भएको थियो । यसै अवसरमा काठमाडौं, ललितपुर र भक्तपुरमा शुक्रबार विहानै सांस्कृतिक झलकसहितको ¥याली समेत निकालिएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट