समाचार

नौ किलो सुन सहित दुई पक्राउ

नुवाकोट, २८ साउन । केरुङबाट नुवाकोट हुदै काठमाडौ लैजान लागेको अवैध नौ किलो सुन सहित दुई जनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।
चीनको केरुङबाट राजश्व छली गरी मोटरसाईकलमा फल्सबटम बनाएर ल्याएको नौ किलो किलो सुन सहित रसुवाको उत्तरगया गाउपालिका वडा नम्बर ५ का दिपक घले र पार्वतीकुण्ड गाँउपालिका वडा नं ५ का फुर्वा तामाङलाई नुवाकोट प्रहरीले आज अपरान्ह विदुर नगरपालिका वडा नम्बर १० सिमुटारबाट पक्राउ गरेको हो ।
सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा बा.५५ प ८०६७ नम्बर मोटरसाईकल फल्सबटम बनाएर लुकाएको अबस्थामा ६ किलो र त्यही मोटरसाइलमा चढेका फुर्वा तामाङले शरीरमा बाधेर लुकाएको थप तीन किलो सहित गरी नौ किलो सुन बरामद भएको सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । पक्राउ परेका दुबैजनालाई आवश्यक कारबाहीको लागी नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलका चालक दिपक घले र पछाडी बसेका फुर्वा तामाङलाई गेर्खुबाट नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याएर जाँच गरी फल्स बटम र शरीरमा बाधेको अबस्थमा सुन बरामद गर्न गरिएको प्रहरी नायव उपरीक्षक कंडेलले बताउनुभयो ।
मोटरसाईकलको पेट्रोल राख्ने ट्याङ्कीमा फल्स बटम बनाएर लुकाएको अवस्थामा ६ किलो र घलेको शरीर जाँच गर्ने क्रममा पाइन्ट भित्र बाँधेको अवस्थामा थप तीन किलो सुन भेटिएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट