समाचार

पपुवा न्युगिनीमाथि नेपालकाे सानदार जित, दिपेन्द्रकाे उत्कृष्ट प्रदर्शन

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको छ। न्युगिनीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा  २३ ओभरमा पार गर्‍यो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ चाैका र ३ छक्काकाे सहयाेगमा नटआउट ५० रन  जोडे। यस्तै रोहितकुमार पौडेलले नटआउट ३ रन जोडे। त्यस्तै आरिफ शेखले  २६ रन, ओपनरद्वय ज्ञानेन्द्र मल्ल १ रन र अनिल साह ९ रनमा पेवेलियन फर्किए ।

कप्तान पारस खड्का सातौं ओभरमा २० रन बनाएर आउट भएपछि नेपाल दबाबमा परेको थियो।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट