समाचार

परराष्ट्रमन्त्री ज्ञवालीले संसदमा भने– मोदीसँगै भारतीय सुरक्षाकर्मी अाउनु स्वभाविक

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा व्यक्तीगत सुरक्षाकर्मी मात्रै नेपाल अाएको दाबी गरेका छन् ।

संसदमा उठेका प्रश्नका जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले भने, ‘भ्रमणको सबै सुरक्षा नेपाली सुरक्षा टोलीले मिलाएको हो । मोदीसँग केही निजी सुरक्षाकर्मी आएका हुन् । यो स्वाभाविक हो । हाम्रा प्रधानमन्त्री भ्रमणमा जाँदा पनि निजी सुरक्षाकर्मी लानुभएको थियो । निजी अंगरक्षक हामी पनि लान्छौँ ।।’ उनले नेपालका सुरक्षाकर्मीसँग पूर्ण भरोसा र विश्वास रहेको बताए ।

उनले मोदीको नेपाल भ्रमणमा राष्ट्रहितविपरीत कुनै काम नभएको स्पष्ट पारे । उनले भने, ‘हामी राष्ट्रियहितमा सचेत छौँ । भारतीय प्रधानमन्त्रीको भ्रमणमा राष्ट्रहितविपरीत कुनै कुरा भएको छैन ।’ ‘हामीलाई सत्ता जोगाइदिनुपर्‍यो भनेर तमसुक गर्नुपर्दैन’ ।

उनले अोली र मोदीका बीचमा भएकाे एकान्त वार्ता अन्य देशका सरकार प्रमुख र राष्ट्र प्रमुखबीचमा पनि भएको बताए । ‘यो हाम्रो देशमा मात्र भएको छैन । अन्य देशका राष्ट्र प्रमुख र कार्यकारी प्रमुखबीच पनि हुँदै आएको छ । अौपचारिक बैठकमा समाधान हुन नसकेका कतिपय कुरा अनौपचारिकमा पनि हुन्छ’, उनले भने, ‘भर्खरै हाम्रा छिमेकमा भएको उदाहण पनि छ। चीनका राष्ट्रपति र भारतीय प्रधानमन्त्रीको वार्ता एउटा उदाहरण हो।’ उनले एक्लाएक्लैको वार्तामा त्यस्तो केही हुनुपर्ने सरकारसँग स्वार्थ नरहेको दाबी गरे। उनले भने, ‘हामीले सत्ता जोगाउनलाई कोहीसँग तमसुक लेखाउनु छैन । हामीसँग जनताको साथ छ।’

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट