समाचार

पर्याप्त बजेट दिन २ नम्बर प्रदेशका सांसदको प्रधानमन्त्रीसँग माग

काठमाडौँ । सांसदहरुले प्रदेश २ को समृद्धिका लागि विशेष अभियान संचालन गर्न सरकारसँग आग्रह गरेका छन ।

सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेका बेला प्रदेश २ का सांसदहरुले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिक भेटगरी प्रदेश २ को समृद्धिका लागि विशेष अभियान संचालन गर्न आग्रह गर्नु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका प्रदेश २ का सबै दलका सांसदहरुले समृद्धिका लागि ‘तराई–मधेश समृद्धिमा प्रधानमन्त्री अभियान’ नै संचालन गर्न आग्रह गरेका थिए । ‘तराई मधेश समृद्धिमा प्रधानमन्त्री अभियान’ नै संचालन गर्न प्रधानमन्त्री ओलीलाई लिखित आग्रह गरिएको प्रदेश २ बाट प्रतिनिधित्व गर्नु हुने राष्ट्रिय सभाका सांसद सुमन प्याकुरेलले जानकारी दिनु भयो ।

उहाँले कृषि क्षेत्रको सुधार र चुरे संरक्षणमा जोड नदिए तराई, मधेशमा भयावह अवस्था सृजना हुने कुुरातर्फ पनि प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराइएको बताउनु भयो ।

पीछडिएको क्षेत्र भएकाले प्रदेश २ को विकासमा जोड दिन प्रधानमन्त्रीसँग आग्रह गरिएको पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद प्रदिप यादवले जानकारी दिनु भयो । सांसदहरुले नदी नियन्त्रणका लागि तत्काल तटबन्ध निर्माण कार्यलाई तीव्रता दिन पनि प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

तटबन्ध निर्माण कार्यलाई तीव्रता दिएर बाढी र डुबान समस्या सदाका लागि अन्त्य गर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरिएको प्रतिनिधिसभाका सांसद यादवले बताउनु भयो । यता, प्रधानमन्त्री ओलीले पनि प्रदेश २ को विकासका लागि आफूले उच्च प्राथमिकता दिने बताउनु भएको थियो । तराई, मधेशको शिक्षा, खानेपानी, सिंचाईलगायतका समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको पनि प्रधानमन्त्री ओलीले बताउनु भएको थियो ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको क्रममा दिएको प्रदेश २ को मुख्यमन्त्री लालबाबु यादवले दिनु भएको अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गर्नु भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट