समाचार

पश्चिमाञ्चल सुरक्षा गोष्ठी सम्पन्न, ढुक्कका साथ चुनावमा भाग लिन निधिको आग्रह

कास्की, ६ बैशाख । सम्पूर्ण सुरक्षा व्यवस्था मजबुत रहेको भन्दै गृहमन्त्री निधीले मतदाता र उम्मेद्वारहरुलाई ढुक्कका साथ निर्वाचनमा सहभागी हुन आग्रह गर्नु भएको छ ।
निर्वाचनका लागि सम्पुर्ण सुरक्षा व्यवस्था चुस्त र दुरुस्त रहेको भन्दै मतदाता र उम्मेद्वारहरुलाई ढुक्का भएर निर्वाचनमा सहभागी हुन आह्वन गर्नुभएको हो । आज पोखरामा सम्पन्न पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीमा सहभागी हुनुभएका गृहमन्त्री निधिले निर्वाचनको मा सुरक्षाको प्रत्याभुति दिलाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको बताउनु भयो ।

उप्रधानमन्त्री समेत रहनु भएका निधिले तोकिएकै समयमा निर्वाचन हुने भन्दै मधेस केन्द्रीत दलहरुसंग निर्वाचनमा सहभागी गराउने बारे छलफल भईरहेको बताउनु भयो । आफ्नो विवादित ट्विट बारे प्रष्ट पार्दै निर्वाचनका लागि निर्वाचन आयोग र सुरक्षा निकाय तयार रहेको भन्दै सम्पुर्ण दलहरुलाई निर्वाचनमा सहभागी गराउनुपर्ने आशय व्यक्त गरेको उहाँले प्रष्ट्याउनु भयो ।

निर्वाचन केन्द्रित सुरक्षा रणनीति गोष्ठीमा गृहसचिव लोकदर्शन रेग्मीले निर्वाचनको समयमा विश्वासनीय सुरक्षा प्रबन्ध गराउन सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

गोष्ठीमा प्रहरी महानिरिक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी प्रहरी महानिरिक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलिपराज रेग्मी, नेपाली सेनाका उपरथी विनोद श्रेष्ठ, पश्चिमाञ्चल विकास क्षेत्रका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसंगै जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुखहरुको सहभागीता थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट