समाचार

पाकिस्तानमा आत्मघाती बम बिस्फोट, कम्तिमा ७५ जनाको ज्यान गयो

एजेन्सी, ६ फागुन । पाकिस्तानको सिन्ध प्रान्तमा रहेको शेवन शहरमा गराइएको आत्मघाती बम विष्फोटमा कम्तीमा ७५ जना मारिएका छन् ।
शेवन शहरमा रहेको सुन्नी इस्लामको सुफि सम्प्रदायका धर्मगुरुको स्मारकमा भेला भएका मानिसहरुलाइ लक्षित गरी गराइएको हमलामा अन्य कम्तीमा २ सय बढी घाइते भएका छन् । आक्रमणका जिम्मेवारी आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।
पाकिस्तानमा यो साता भएका भिन्ना–भिन्नै विष्फोटमा कम्तीमा सयजना मारिएका छन् । गत सोमबार लाहौरमा गराइएको बम आक्रमणमा १३ जना मारिएका थिए । लाहौरमा गराइएको आक्रमणको जिम्मा पाकिस्तानी तालेबानले लिएको थियो ।
यसैबीच पाकिस्तानमा आतंकवादी आक्रमणको सङ्ख्यामा बृद्धी भएपछि त्यहाँको सुरक्षा फौजले आतंकवादी प्रभावित क्षेत्रमा छापा मार्ने कार्यलाइ तीब्रता दिएका छन् । छापा मार्ने क्रममा हालसम्म ३७ संदिग्ध आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट