समाचार

पाकिस्तानमा पृथकतावादीको आक्रमण, २ सैनिकको मृत्यु

एजेन्सी, ६ असार । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा पृथकबादी बलुच लिबेरेसन आर्मी लडाकुहरुको आक्रमणमा दुइ नौसैनिक सेनाको ज्यान गएको छ ।

बलुचिस्तानको दक्षिणी तटिय शहर जवानीस्थित नौसैनिक शिबिरमा खाद्यान्न सामाग्री लगिरहेको सेनाको सवारीमा ४ लडाकुहरुले आक्रमण गर्दा दुइजना नौसेनाको ज्यान गएको हो ।

मोटरसाइकलमा आएका लडाकुहरुले नौसेनाको सवारीमा आक्रमण गर्दा अन्य ३ सेना घाइते भएको उच्च प्रहरी अधिकारी अब्दुल हफिज बलोचले बताएका हुन् ।

बलुचिस्तानमा सक्रिय पृथकबादी लडाकुहरुले सो क्षेत्रमा सरकार बिरोधी बिभिन्न आक्रमणहरु गर्दै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट