समाचार

पाकिस्तानी सेना र अफगान सेनाबीच भएको झडपमा ९ को ज्यान गयो

एजेन्सी, २३ बैशाख । पाकिस्तान र अफगानिस्तानको विवादित सीमा क्षेत्रमा पाकिस्तानी सेना र अफगान सेनाबीच भएको झडपमा कम्तीमा ९ जनाको ज्यान गएको छ ।
अफागानिस्तान र पाकिस्तानबीचको दुर्गम चमन गाउको सीमा क्षेत्रमा दुई मुलुकका सेनाबीच भएको झडपमा अरु ४० जना घाईते भएका छन् । मारिने तथा घाइते सर्वसाधारण वा सैनिक कति छन् भन्ने स्पष्ट नभइसकेको जनाइएको छ । पाकिस्तानको जनगणना गर्ने समुहको सुरक्षा गर्ने सुरक्षाकर्मीमाथी अफगान सेनाले जथाभावी गोली प्रहार गरेको पाकिस्तानी सेनाले जनाएको छ ।
अफगान पक्षले भने जनगणनाका नाममा पाकिस्तानी पक्षले सीमा क्षेत्रका गाउलेलाई अफगान सरकारविरुद्ध उचालेको आरोप लगाएको छ । झडप अझै जारी रहेका कारण चमन क्षेत्रको नाका बन्द गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट