समाचार

पार्टी एकतामा एमालेले छाती चाैडा बनाउनैपर्छ : वामदेव गौतम

काठमाडाैं, ४ बैशाख । बाम एकताका प्रमुख सुत्रधार एमाले उपाध्यक्ष  बामदेव गौतमले एमालेले ठूलाे छाती बनाएर पार्टी एकतालार्इ सफल बनाउनुपर्ने बताएका छन् ।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उपाध्यक्ष गाैतमले माओबादी केन्द्र र एमाले बीच हुने एकताका लागि कुनै द्विविधा नरहेको र ठूलो दल एमालेले छाती ठूलो बनाएर एकतालाई सफल बनाउनु पर्ने तर्क अघि सारेका हुन् ।

राजनीतिक दस्तावेजमा समस्या नभए पनि बिधान र संगठनात्मक मस्यौदामा दुई विषयमा विवाद छ । एकीकृत पार्टीको चुनाव चिह्न सूर्य राख्ने कि नराख्ने, विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने कार्यदल सदस्यहरुबीच कुरा मिल्न सकेको नभए पनि यी बिषयहरुमा चाडै सम्बोधन गर्ने बताएका छन्।

साथै जनयुद्ध शब्द एमालेलाई स्वीकार्य भएको खुलासा गरेका छन् । संसदीय निर्वाचनमा अन्तर्घात भएको हुँदा आफु पराजित भएको बताउदै एमाले र माओबादी दुवैबाट अन्तर्घात भएको दाबी गरेका छन् ।

यहि बैशाख ९ गते पार्टी एकता हुने दाबि गर्दै , एमालेले माओबादीलाई एकता भन्दा पनि बिलय नै गराउन खोजेको हो कि भन्ने आशंकाको निवारण गर्दै नेता गौतमले भने एमालेमा माओबादी केन्द्र बिलय नै हुने हो साथै माओबादी केन्द्रमा पनि एमाले विलय नै भएर नयाँ पार्टी जन्मिने बताए ।

साथै प्रधानमन्त्री ओलीको भारत भ्रमणमा नेपालले उच्च सम्मान पाएको बताउदै ओली सरकारको मूल्यांकन अहिले नै गर्न नमिल्ने बताउदै ओली सरकारले युरोपियन युनियनको प्रतिवेदनलाई लिएर युरोपियन युनियनलाई दिएको जवाफलाई नेपालको स्वाभिमानको रक्षा लागि ओली सरकारले ठुलो काम गरेको बताए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. https://www.plurk.com/gloriaphilips says:

    Thanks so much for the article.Much thanks again. Will read on…

    https://www.plurk.com/gloriaphilips

  2. websites for sale says:

    I value the article.Really looking forward to read more. Cool.

    https://buysellempire.tumblr.com/post/170028953885/things-to-consider-if-you-plan-to-sell-your

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट