समाचार

पार्टी फुटाएर राणासँग गएका सांसदलाई कमल थापाले गरे कारबाही

काठमाडौ, २३ साउन । कमल थापा नेतृत्वको राप्रपा नेपालले सांसदहरु दिपक बोहरा, सुनील थापा, रेशम लामा, विराज विष्ट, राज्यलक्ष्मी श्रेष्ठ र बबिना लावतीसहित १६ जना केन्द्रिय सदस्यहरुलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

आइतबार पार्टी विभाजन गरी पशुपतिशमशेर राणासँग गएका सांसदसहित केन्द्रिय सदस्य सहितलाई सोमबार कारबाही गरेको हो ।

सोमबार बसेको राप्रपाको केन्द्रिय समिति बैठकले उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

यता पशुपतिशमशेर राणा समुहको राप्रपा प्रजातान्त्रिकको पनि सोमबारै बैठक बस्दैछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट