समाचार

पाल्पा कारागारका कैदी-बन्दीलाई सास्ती

किरण कौशल
पाल्पा, २८ असार । पाल्पा कारागारको भवन निर्माणमा भएको ढिलाइले कारागारका बन्दीहरु समस्यामा परेका छन् । शान्ति तथा पुन निर्माण मन्त्रालयको सहयोगमा निर्माण भइरहेको पुरुष बन्दी भवन निर्माण कम्पनीको लापरवाहीले गारागारमा बन्दीहरु समस्यामा परेका हुन् । २०७४ असार मसान्तसम्म भवन निर्माण पुरा गर्ने सम्झौता भएको म्याद सकिदा समेत भवनको ७० प्रतिशत मात्र काम पूरा भएको छ ।
२ करोड १७ लाखमा निर्माणीधीन भवनको समयमा बन्न नसक्र्दा सुरक्षा चुनौती थपिएको छ भने बन्दीहरु पुरानो भवनमा जोखिमका साथ बसेका छन् । वर्षाको समयमा पानी चुहिने समस्याका कारण पनि बन्दीहरुको जनजीवन कष्टकर बन्दै गएको छ । विक्रम संवत १९८३ सालमा बनेको कारागरको पर्खाल र भवनहरु जीर्ण बनेको छ । कारागारमा २ सय १५ पुरुष ६४ महिला बन्दी र ५ नावालक रहेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट