समाचार

श्रीमती हत्या गर्न खाेजेकाे अभियाेगमा पूर्वगोर्खा सैनिक गुरुङलाई १४ वर्ष जेल पठाउने वेलायती अदालतको फैसला

एजेन्सी, २ कार्तिक । बेलायतको अदालतले बेलायती सेनाका पूर्व सैनिकलाई आफ्नी पत्नीको हत्या प्रयास अभियोगमा १४ वर्ष जेल सजाय सुनाएको छ ।

बेलायती सेनामा कार्यरत पूर्व सैनिक विकास गुरुङले आफ्नी पत्नीलाई खुकुरी प्रहार गरी ज्यान मार्ने प्रयास गरेको अभियोगमा १४ वर्ष सजाय सुनाइएको हो ।

गत वषर््ँको डिसेम्बरमा भएको घटनामा विकासले आफ्नी पत्नीको घाटीमा खुकुरी प्रहार गरेका थिए । विकासले आफूले पत्नीको हत्या गर्ने प्रयास गरेको स्वीकार गरेका छन् ।

पत्नीको अर्कै केटासग प्रेम सम्बन्ध रहेको थाहा पाएर विकासले पत्नीको हत्या गर्ने प्रयास गरेको स्वीकारेका हुन् । उनीहरुको विवाह २० वर्ष अघि भएको थियो । तर, विकासकी पत्नी कामना अनलाइनमा भेटिएका मानिससग प्रेम सम्बन्धमा रहदै आएकी थिइन् ।

कामनाको मोबाइलबाट उक्त मानिससग कामनाले गरेको च्याटबाट विकासले उनीहरुबीच सम्बन्ध रहेको थाहा पाएका थिए । विकासले आफूमाथी आक्रमण गरेका बेला कामनाले आपतकालीन सेवामा टेलिफोन गरेकी थिइन् । प्रमाणका रुपमा कामनाले आपतकालिन सेवामा गरेको टेलिफोनको रेकर्ड सुनाइएको थियो ।

कामनाको टेलिफोन सुनेर घटनास्थलमा पुगेका प्रहरीले कामनाको मृत्यु भइसकेको अनुमान गरेका थिए । तर समयमै अस्पताल लगिएका कारण कामनाको ज्यान जोगिएको थियो । विकासले यसअघि पनि कामनालाई कुटपिट गर्ने गरेको जनाइएको छ ।

विकासले हत्या प्रयास गरेकै दिन कामनाले विकाससग सम्बन्ध विच्छेदका बारे कुराकानी गरेकी थिइन् ।

हाल सेक्युरिटी गार्डको काम गर्दै आएका विकासले बेलायती सेनामा २३ वर्ष सेवा गरेका थिए । कामना नर्स हुन् । उनीहरुका दुई छोरा छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट