समाचार

पेट्रोलियम डिलर्स एशोसिसनको मनपरी, सरकार रमिते बन्दै

काठमाडौ, २६ साउन । पेट्रोलियम व्यवसायी र आयल निगमको मिलेमतोमा अत्यावश्यकीय वस्तु इन्धन अभाव गर्ने प्रपञ्च फेरि सुरु भएको छ ।

निगमले इन्धनको क्षतिका विषयमा तयार पारेको प्रतिवेदन कार्यान्वयन नगरेको बाहानामा पेट्रोलियम डिलर्स एशोसिसनले देशभरी ढुवानी नै बन्द सुरु गरेको छ । एसोशियसनले बिहिबारदेखि देशभर पेट्रोल उठाउन बन्द गरेको छ भने २९ गतेदेखि डिजेल पनि नउठाउने घोषणा गरेको छ ।

 

त्यस्तै, ३१ गतेदेखि पेट्रोलियम पदार्थ विक्रि वितरणमा ठप्प पार्ने एसोशियसनले चेतावनी दिएको छ ।

 
इन्धन ढुवानी क्षेत्रलाई व्यवस्थित बनाउन आयल निगम सञ्चालक समितिको बैठकले गत वर्षको कात्तिक २५ गते अध्ययन प्रतिवेदन बनाउने निर्णय गरेको थियो ।

आपूर्ति मन्त्रालयका एक र निगमका दुईजना अधिकारी रहने गरी उपसमिति गठन भएको थियो । समितिलाई मंसिर १५ भित्र प्रतिवेदन तयार पार्ने भने पनि करिब ९ महिनामा लगाएर प्रतिवेदन आपूर्ति मन्त्रालयमा पेस गर्यो ।

 

 

प्रतिवेदनमा थानकोट डिपोबाट पम्पसम्म पेट्रोल ढुवानी गर्दा ४ हजार लिटर पेट्रोलमा ३५ लिटर र डिजलमा ३६ लिटर क्षति हुने उल्लेख थियो । केहि ठाउंमा भने ९९ लिटरसम्म कमि पाइएको थियो । यसमा असन्तुष्ट व्यवसायीहरूले बहाना बनाउंदै क्षतिपूर्तिको माग राखि आन्दोलनसुरु गरेका छन् ।

 

व्यवसायीहरूले २० गतेदेखि जिल्ला–जिल्लामा पत्रकार सम्मेलनमार्फत ढुवानी ठप्प पार्ने घोषणा गरेका थिए ।

 

व्यवसायीहरूले आन्दोलनका कार्यक्रम घोषण गरे पनि सरकारी पक्ष भने मौन छ । समस्या समाधानमा सक्रिय हुनुपर्ने सरकार बिहिबार व्यवसायीलाई मन्त्रालयमा बोलाएर सामान्य चियागफमै सिमित रह्यो ।

 

अत्यावश्यक वस्तु अवरोध गरे व्यवसायीलाई अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ र अत्यावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७ अनुसार कारबाही गर्न सक्छ । तर, सरकार र व्यवसायीको मिलेमतोमा कृत्रिम अभाव हुँदै आएको छ । जसले गर्दा हालसम्म कुनै पनि पक्षलाई कारबाही हुन सकेको छैन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट