समाचार

पेरिस सम्झौताबाट पछि हट्ने अमेरिकी निर्णयका कारण ट्रम्प एक्लिए

एजेन्सी, २५ असार । विश्वका २० ठूला अर्थतन्त्र भएका मुलुकहरुको सम्मेलन जी ट्वान्टीमा अमेरिका र अन्यदेशरुबीच वातावरणीय मुद्दालाई लिएर बिबाद भएको छ।

अमेरिकाले अन्य १९ देशको असहमति रहेपनि पेरिस सम्झौताबाट बाहिरीने आफ्नो निर्णय यथाबत रहने जनाएपछि अमेरिका एक्लो परेको हो । अमेरिकाले पेरिस सम्झौताबाट बाहिरिने निर्णयको १९ मध्ये कुनै मुलुकले पनि समर्थन नगरेपछि अमेरिका बैठकमा एक्लै परेको थियो ।

अमेरिका पहिलो भन्ने नीतिका साथ अमेरिकी राष्ट्रपतिमा बिजय बनेका अर्बपति ब्यापारी डोनाल्ड ट्रम्पले पेरिस सम्झौताले अमेरिकाको रोजगारीमा गम्भीर धक्का पु¥याइरहेको भन्दै गतमहिना उक्त सम्झौताबाट बाहिरिएको घोषणा गरेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट