समाचार

पेरुका राष्ट्रपतिविरुद्ध संसदमा महाअभियोग दर्ता

एजेन्सी, १ पुस । पेरुका राष्ट्रपति पेड्रो पेब्लो कुजिन्स्की बिरुद्ध संसदमा माहाअभियोग दर्ता भएको छ । पेरुका राष्ट्रपति कुजिन्स्कीले ब्रजिलको एक निर्माण कम्पनीबाट घुस लिएको आरोपमा विपक्षी दलहरुले माहाअभियोग प्रस्ताब दर्ता गरेका हुन् ।

सन् २००१ देखि २००६ सम्म प्रधानमन्त्री तथा अर्थमन्त्री रहदा कुन्जीन्स्कीले ब्राजिलको ओडब्रेच नामको निर्माण कम्पनीबाट घुस लिएको आरोप छ । राष्ट्रपति कुन्जीन्स्कीले भने घुस लिएको आरोपको खण्डन गरेका छन् । राष्ट्रपति कुन्जीन्स्कीले आफुले पदीय हैसियत विपरित कुनै काम नगरेको दाबी गरेका छन् ।

राष्ट्रपति कुन्जीन्स्की प्रधानमन्त्री रहदा ५० लाख डलर बराबरको घुस दिएको ओडब्रीच निर्माण कम्पनीले स्वीकार गरिसकेको छ । गत साता ओडब्रीच कम्पनीले राष्ट्रपति कुन्जीन्स्कीलाइ ५० लाख डलर घुस दिएको स्वीकार गर्दै पेरुको संसदमा पत्र पठाएको थियो । राष्ट्रपति बिरुद्धको माहाअभियोग सफल बनाउन १ सय ३० जना प्रतिनीधि रहेको संसदमा ८७ जनाले मत ब्याक्त गर्नुपर्नेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट