समाचार

प्रकाश दाहालको अन्त्येष्टि, प्रचण्डले दिए दागबत्ती

काठमाडौ, ३ मंसीर । ह्दघातका कारण निधन भएका पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रकाश दाहालको पार्थिक सरिरमा बुबा पुष्पकमल दाहालले दागवत्तीदिएर अन्त्येष्टि गरिएको हो । यसअघि पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत विभिन्न पार्टीका नेताहरुले प्रकाशको पार्थिक सरिरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहनु भएका प्रकाशको आईतबार विहान ह्ृदयघातका कारण निधन भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट