समाचार

प्रचण्डपुत्र दाहालको हृदयघातका कारण निधन, आजै अन्त्येष्टि गरिने

काठमाडौ, ३ मंसीर । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको ह्ृदयघातका कारण निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालले प्रकाश दाहालको आकस्मिक ह्ृदयघातका कारण निधन भएको पुष्टि गरेको हो । आईतबार विहान ५ बजेर ५० मिनेटमा अस्पताल पु¥याइएका प्रकाशको अस्पतालले ६ बजेतिरै मृत घोषणा गरेको थियो । अस्पताल पुग्नु अघि नै प्रकाशको निधन भएको अस्पतालका चिकित्सक जेपी जैसवालले जानकारी दिनु भयो ।

उहाँले अस्पतालमा पुग्दा प्रकाशको मुटुको गति समेत बन्द भईसकेको पनि बताउनु भयो । अस्पतालले चुनावी प्रचार अभियानका क्रममा झापा पुग्नु भएका पूर्व प्रधानमन्त्री दाहाल अस्पताल पुगेपछि मात्रै पत्रकार सम्मेलन गरेर प्रकाशको निधनबारे औपचारिक जानकारी गराएको हो ।

अस्पताल परिसरमा दाहाल परिवारजनको रुवावासी नै चलेको थियो । यसैबीच, अहिले दिवंगत प्रकाश दाहालको पार्थिक सरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाँडामा पु¥याइएको छ ।

pradhanda 2

पूर्व प्रधानमन्त्री दाहाललाई पुत्र शोक परेकोमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, विभिन्न राजनीतिक दलका नेताहरुले गहिरो दुःख व्यक्त गर्नु भएको छ ।

दिवंगत दाहालका दुई वटी श्रीमति र २ वटा छोराहरु रहेका छन । अहिले दिवंगत दाहालको पार्थिक सरिरमा अन्तिम श्रद्धाञ्जली दिन माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, शुभेन्छुक, आफन्तजनको ठूलो भीड लागेको छ । दिवंगत दाहालको आजै अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट