समाचार

प्रचण्ड र अाेलीबीचको बैठक सकियाे, बैठक सकारात्मक

काठमाडाै । पार्टी एकताका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास वालुवाटारमा भएको माअाेवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा अाेलीबिचकाे बैठक सकिएकाे छ ।

पार्टी एकताको गाँठो फुकाउन दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन् ।

एकता संयोजन समितिले पार्टी एकताका बाँकी विवादमा सहमति खोज्दै प्रतिवेदनलार्इ अन्तिम रूप दिन जिम्मेवारी दिएपछि दुर्इ नेताबीच छलफल चलेको हो ।

९ वैशाखमै पार्टी एकता गर्ने तयारी गरे पनि दुर्इ पार्टीबीच वैचारिक र सांगठनिक विषयका केही महत्वपूर्ण सवालमा सहमति जुट्न सकेको छैन । सहमति नजुटेकै कारण नेताहरूले ९ वैशाखको एकता घोषणा केही पर सारेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. Iomoio says:

    I have been reading out some of your posts and i must say pretty clever stuff. I will definitely bookmark your site.

    http://www.iomoio.net

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट