समाचार

प्रचण्ड र चीनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, ४ असार । पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चीनियाँ राजदूत यु होङबीच भेटबार्ता भएको छ ।
आइतबार बिहान अध्यक्ष निवास लाजिम्पाटमा भएको भेटमा अध्यक्ष प्रचण्ड र होङबीच समसामयिक परिस्थिति र नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको प्रचण्डको निजि सचिवालयले जनाएको छ ।
भेटमा राजदूत होङ अध्यक्ष प्रचण्डको प्रधानमन्त्री कालमा नेपाल र चीनबीचको सम्बन्ध थप बलियो बनेकोमा खुसी व्यक्त गरेका थिए । सो अवसरमा होङले प्रचण्डको १० महिने प्रधानमन्त्री काल अत्यन्तै सफल र वैदेशिक मामिलामा सन्तुलित भएको विचार व्यक्त गर्दै १० महिनाको छिटै अवधिमा वैदेशिक सम्बन्ध र आर्थिक विकासका क्षेत्रमा नेपालले हासिल गरेको सफलताप्रति खुसी व्यक्त गरिन् ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्रीमा निर्वाचित भएदेखि नै दुई छिमेकी बीचको सम्बन्धलाई हार्दिक र सन्तुलित बनाउन लागिपरेको र राजीनामा दिने बेलासम्म आफ्नो योजना सफल भएको बताए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट