समाचार

प्रजातन्त्र दिवसको पूर्वसध्यामा पूर्वराजाको विज्ञप्ती, जनता खुसी नभएको भनाई

काठमाडौ, ६ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह रानी कोमलसंगै चितवन पुग्नुभएको छ ।
पूर्व रानी कोमलको जन्मोत्सव मनाउन पूर्व राजा परिवारसहित आज चितवन आउनुभएको हो । पूर्व राजपरिवारको स्वागतमा आज भरतपुरको चौविसकोठीमा ठूलो भिड लागेको थियो ।
यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले हरेक वर्ग र पेशाका नागरिकले सुखानुभूति गर्न पाउनु नै प्रजातन्त्र भएको भन्दै अहिले भोगिएको व्यवस्थाले जनता खुसी नभएको बताउनुभएको छ । ६७औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै पूर्वराजा शाहले प्रजातन्त्रमा राजनीतिक पद्धतिका अनेक रुप हुन सक्ने भएपनि प्रजातन्त्रको पहिलो शर्त जनताप्रति उत्तरदायी नेतृत्व हूनू पर्ने उल्लेख गर्नुभएको छ । पूर्वराजा शाहले किसानले खेतमा, मजदूरले कार्यस्थलमा, पैदलयात्रीले सडकमा, सेवाग्राहीले प्रशासनिक निकायमा, पिडितले न्यायालयमा, उपभोक्ताले बजारमा र उद्यमी, व्यवसायीले आफ्नो कर्मक्षेत्रमा सुखानुभूति गर्न नसकेको बताउनुभएको छ । त्यस्तै, स्वास्थ्यकर्मी, शिक्षक, कानुन व्यवसायी एवं पत्रकारले आफ्नो पेशा व्यवसायमा, सूरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, विद्यार्थीले विद्यालयमा, यूवाले राष्ट्र निर्माणमा र नारीले पाइला पाइलामा सूखानूभुति गर्नू नै प्रजातन्त्र भएपनि अहिलेको व्यवस्थाले यस्तो अवस्था प्रदान नगरेको दावी गर्नुभएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट