समाचार

प्रधानन्यायाधिश पराजुलीले पद तथा गोपनीयताको सपथ लिए लगतैै पदभार ग्रहण

काठमाडांै, २ साउन । नवनियुक्त प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधिश पराजुलीलाई सोमबार राष्ट्रपति भवन सितल निवासमा आयोजित विशेष समारोहकाबीच पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

सपथग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, संवैधानिक अंगका प्रमुखहरु, सर्र्वाेच्च अदालतका न्यायाधिशहरुसहितका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । प्रधान न्यायाधीश पराजुलीले आजै पदभार ग्रहण गर्नुभएको छ । पराजुली आगामी वैशाख १५ सम्म पदमा रहनुहुनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट