समाचार

प्रधानन्यायाधिश सिफरिस गर्न बसेको संवैधानिक परिषद् निष्कर्षविहिन

काठमाडौ, ५ असार । प्रधानन्यायाधिश नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्षविहिन टुंगिएको छ ।

सोमबार बसेको संवैधानिक परिषदको बैठकमा कायममुकायम प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीलाई प्रधानन्यायाधिश बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेपनि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले अध्ययन गर्नुपर्ने समय माग गरेपछि विनाािष्कर्ष सकिएको हो ।

परिषदको अर्को बैठक आगामी असार १५ गते बस्नेछ । प्रधानन्यायाधीश सुशीला कार्कीले यही जेठ २४ गते उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि प्रधानन्यायाधीशको पद रिक्त छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, सभामुख ओनसरी घर्ती, उपसभामुख गंगाप्रसाद यादव, उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठ सहभागी थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट