समाचार

प्रधानमन्त्री दाहाललाई भट्टराईको ज्ञापनपत्र

फागुन ३०, काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपतिको मुद्धा अगाडि बढाउने बताउनुभएको छ ।
सोमबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ शक्ति पार्टी, नेपालको १० लाख जनताको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले लामो समयदेखि आफूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशिताको पक्षमा अडान राख्दै आएपनि संविधानसभामा दुई तिहाई पुग्न नसकेका कारण फरक मत राखेर जनताका बीचमा राखेको भन्दै अब यो मुद्धालाई अगाडि बढाउने बताउनु भएको हो दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका पक्षमा रहेका सबैलाई सहकार्य गरेर अघि बढ्न आग्रह समेत गर्नुभयो ।
प्रधानमन्त्रीले अहिले सरकार मधेश, आदिवासी जनजाति, थारु लगायतका मुद्धा सम्बोधन हुने गरी संबिधान संशोधन गरेर चुनाव सम्पन्न गराउन लागिपरेको बताउँदै सबैलाई चुनावमा सहभागी हुन आग्रह गर्नुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट