समाचार

प्रमुख दलसँगको छलफलमा राजपाको अडान, संसोधन विना चुनावमा सहभागी हुन सकिन्न

काठमाडौ, २६ बैशाख । राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन नभई निर्वाचनमा भाग लिन नसकिने अडान राखेको छ ।
प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रसँगको सामूहिक भेटमा राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले संविधान संशोधन नभए निर्वाचनमा भाग लिन नसकिने प्रष्ट्याएका हुन ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधान संशोधन नगरी पहिलो चरणको निर्वाचनको तयारी गरिएको भन्दै सरकार र सत्तारुढ काँग्रेस र माओवादी केन्द्रको आलोचना गरेका थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

नेकपा माओवादी केन्द्रका नेता दिननाथ शर्माले राजपालाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउन प्रमुख प्रतिपक्ष एमाले पनि तयार रहेको बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले छिट्टै भेट गरी संविधान संशोधन प्रस्तावलाई निष्कर्षमा पु¥याउने विषयमा छलफल गर्ने निर्णय गरिएको जानकारी पनि दिनु भयो ।

प्रमुख प्रतिपक्षी एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान संशोधनका विषयमा साझा सहमतिमा पुग्न प्रधानमन्त्री तयार हुनु भएको प्रतिक्रिया दिनु भयो । उहाँले संविधान संशोधनसम्बन्धि पार्टीको अडान भने यथावत रहेको पनि स्पष्ट पार्नु भयो ।

राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्न सरकारलाई पुनः दवाब दिन सुरु गरेको छ । बैसाख १७ गते नै संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रतिवद्धताबाट सरकार पछि हटेको पार्टीको आरोप छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट