समाचार

प्रम ओली वैशाखभित्रै चीन भ्रमणमा, परराष्ट्रमन्त्री आज जाँदै

काठमाडौं, ३ बैशाख । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज चीन जाने भएका छन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओली वैशाखभित्रै चीन भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्रीको भ्रमण तयारीकै लागि परराष्ट्रमन्त्री ज्ञवाली चीन जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा चीनसँग भएका पारवहन सम्झौताको प्रोटोकलले पनि अन्तिम रुप पाउन सकेको छैन। परराष्ट्रमन्त्री ज्ञवालीले योसँगै बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई कार्यान्वयनबारेमा समेत छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

चीनसँग भएका रेलमार्ग, आर्थिक सहकार्य लगायत सहमति र सम्झौता कार्यान्वयन तहमै पुग्न नसकेको अवस्थामा परराष्ट्रमन्त्रीको भ्रमणले अर्थपूर्ण छलफल गर्ने अपेक्षा राखिएको छ । नेपाल–चीन परराष्ट्र सचिवस्तरीय परामर्श समितिको बैठक बोलाउनेबारे समेत छलफल हुनसक्ने परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट