समाचार

प्रहरी अस्पतालमा सर्वसाधारणका लागि उपचार सेवा खुला

काठमाडौ, २६ कात्तिक । नेपाल प्रहरी र तिनका परिवारका लागि मात्र सेवा सिमित रहेको प्रहरी अस्पतालमा आजदेखि सर्वसाधारणका लागि पनि उपचार सेवा खुला भएको छ ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महाराजगंजस्थित प्रहरी अस्पताल परिसरमा सर्वसाधाणका लागि स्वास्थ्य सेवा सुरु भएको औपचारीक घोषणा गर्नुभयो । महानिरीक्षक अर्यालले संविधान प्रदत्त नागरिक हकको संरक्षण र संम्वद्र्धन गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको र नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन अस्पतालले सर्वसाधारणलाई सेवा दिन थालेको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले अस्पतालमा सर्वसाधारणको सेवा शुभारम्भ भएसँगै थप पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन गर्न सरकार र प्रहरी संगठनसँग सहयोगको अपेक्षा गर्नुभयो ।
प्रहरी अस्पतालमा हाल सर्वसाधारणले दिउँसो साँढे १ बजेदेखि ३ बजेसम्म ओपीडी सेवामा उपचार सेवा पाउने छन् । दुई सय ११ वटा बेड रहेको अस्पतालले सर्वसाधारणका लागि ३२ वटा बेड छुट्याएको छ । अस्पतालको सेवा शुल्क अन्य सरकारी अस्पताल सरहनै हुनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट