समाचार

प्रहरी प्रधान कार्यालयद्वारा ११ जना डिआइजी बढुवाका लागि सिफारिस

काठमाडौ, ३१ असार । प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) का लागि ११ जना डिआइजीको नाम सिफारिस गरेको छ ।

प्रहरी मुख्यालयले आज सिफारिस गरेका डिआइजीहरुमध्ये बमबहादुर भण्डारी एक नम्बर र जयबहादुर चन्दलाई दोस्रो नम्बरमा सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अदालतमा मुद्धा बिचाराधिन रहेका नवराज सिलवाललाई भने सिफारिस गरिएको छैन ।

कार्यालयका अनुसार तेस्रो नम्बरमा देबेन्द्र सुवेदी, चौथोमा पशुपति उपाध्याय, पाँचौमा केशरीराज घिमिरे, छैठौंमा माधव जोशी, सातौमा विजयलाल कायस्थ, आठौमां कमलसिंह बम, नौ नम्बरमा मिङ्मार लामा, १० औँ नम्बरमा रणबहादुर चन्द र ११ औँ नम्बरमा विजयकुमार रहेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट