समाचार

फिलिपिन्सको सेनाले धपायो इस्लामिक स्टेटका लडाकु

एजेन्सी, ३१ असोज । गत मे २३ मा इस्लामिक स्टेट आबद्ध माउते समुहले कब्जा जमाएको दक्षिणी फिलिपिन्सको मरावी शहर सेनाले मुक्त गरेको छ ।

विगत ५ महिनादेखि माउते लडाकु बिरुद्ध कारबाही जारी राखेको सेनाले लडाकुहरुलाई परास्त गरि मरावी शहर मुक्त गरेको फिलिपिनो राष्ट्रपति रोड्रिगो डुटर्टेले घोषणा गरेका हुन् ।

सरकारी सेना र माउते लडाकु विरुद्धको पछिल्लो भिडन्तमा दक्षिणपुर्वी एसियाली क्षेत्रका लागि आतङ्कवादी संगठन इस्लामिक स्टेटका नाइके इस्नीलोन हेपिलोन मारिएका छन् ।

इस्लामिक स्टेटको दक्षिणपुर्वी एसियाली क्षेत्रमा सक्रीय नाइके हेपिलोनलाइ पक्रन अमेरिकी सरकारले ५ मिलियन डलरको पुरस्कार घोषणा गरेको थियो । मरावी शहरमा ५ महिनायता लडाकु र सेनाबीचको द्वन्द्वमा सर्वसाधारणसहित १ हजार जना भन्दा बढीको ज्यान गैसकेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट