समाचार

फिलिपिन्समा आँधीपछिको बाढी र आगलागीका कारण २ सय ३७ जनाको ज्यान गयो

एजेन्सी, ९ पुस । फिलिपिन्समा भीषण आधी पछिको बाढी र पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या २ सय पुगेको छ । शुक्रबार १ सय २० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आधी पछिको बाढी पहिरोका कारण फिलिपिन्सको तटीय क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ ।

बाढीका कारण १ सय ५९ जना जना हराइरहेको तथा अरु ७० हजार जना घरबारविहीन भएको फिलिपिन्सका अधिकारीहरुले जनाएका छन् । तटीय क्षेत्रका बासिन्दाले आ“धी आउने चेतावनीको बेवास्ता गरी सुरक्षित स्थानमा नगएका कारण बढी मानवीय क्षति भएको बताइएको छ ।

हराइरहेका मानिसको खोजी तथा उद्धारका लागि सैनिक प्रहरी खटाइएपनि सडकमा तीन मिटरसम्म पानी जमेका कारण खोजीकार्य प्रभावित बनेको छ । दक्ष्ँिणी टापु मिन्डानाओमा शुक्रबार आएको टेम्बिन आधीका कारण सडक, विद्युत, सञ्चारलगायतका भौतिक पूर्वाधारमा क्षति पुगेका कारण हराइरहेका मानिसहरुको खोजीकार्य प्रभावित बनेको छ ।

फिलिपिन्समै भएको भीषण आगलागीमा परी ३७ जनाको ज्यान गएको छ । फिलिपिन्सको डभाओ शहरको केन्द्रमा रहेको सपिङ सेन्टरमा लागेको आगोका कारण अरु ६ जना घाइते भएका छन् । सपिङ सेन्टरको तेश्रो तल्लामा रहेको फर्निचर पसलबाट सुरु भएको आगो केहि समयमा नै सपिङ सेन्टरभर फैलिएको थियो । मारिनेमा भवनको माथिल्लो तल्लामा रहेको कल सेन्टरमा काम गर्ने कामदार रहेको अधिकारीले जनाएका छन् ।

आगलागीको कारण हालसम्म थाहा हुन नसकेको र घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ । शहरकी मेयर तथा राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेले घटनास्थलको भ्रमण गरी घटनाबारे जानकारी लिएकी छिन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट